मङ्लबार, असार २१, २०७९

देउसी भैलीको रकम निजी स्रोतका शिक्षकलाई

१८ कार्तिक २०७३, बिहीबार १२:०८

बैतडी, १८ कात्तिक । जिल्लाको महारुद्रमा रहेको एक विद्यालयले देउसी भैलीबाट सङ्कलन भएको रु एक लाखभन्दा बढी रकम निजी स्रोतमा राखिएका शिक्षकलाई दिने भएको छ ।

विद्यालयको आर्थिक स्थिति कमजोर रहेकाले निजी स्रोतका शिक्षकलाई तलबका लागि देउसी भैली खेलिएको बताइएको छ । महारुद्र गाविसमा रहेको जगदम्बा माविका शिक्षक, विद्यार्थी तथा अभिभावकले देउसी भैली खेली एक लाख ११ हजार ६२ रुपैयाँ सङ्कलन गरेको शिक्षक वीरेन्द्र भट्टले बताए ।

महारुद्र–७ मा रहेको उक्त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकले देउसीभैली खेलेर सङ्कलन गरेको रकम निजी स्रोतबाट राखिएका शिक्षकको तलबमा खर्च गरिने उनले बताए । सय जनाभन्दा बढीको सहभागितामा देउसी भैली खेलिएको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share