शुक्रबार, असार १७, २०७९

दृष्टिविहीन आमालाई पाल्ने छोरा आफै थलिएपछि ……………

१८ जेष्ठ २०७३, मंगलवार १२:४६

राजेन्द्र कार्की
जाजरकोट, १८ जेठ ।
जाजरकोटको भेरीमालिका नगरपालिका ३ सिमलगैरीका ३० वर्षीय वीरु नेपाली मजदुरी गरेर आफु र दृष्टिविहीन ६० वर्षीया आमाको छाक टार्थे । तर मजदुरी गर्दागदै खुट्टामा गंभिर चोट लागेपछि उनी चार महिना देखि आफै थला परेका परे ।घाउ निको हुनुको साटो झन्झन् बल्झिदै घुडाको हड्नी कुहिन थालेपछि वीरुको उपचारमा समस्या देखिएको छ । अलि ढिलो गरे क्यान्सर समेत हुन सक्ने भएपनि आर्थिक अभावले गर्दा उनलाई उपचारका लागि काठमाडौं लगिदिने कोही छैन् । उनी जिल्ला अस्पताल जाजरकोटमा छट्पटाई रहेका छन् भने आमा मागेर खान थालेकी छिन् ।
परिवारमा आमा छोरा मात्र हौ अरु कोही छैनन् एक जना जलविन्दु भएर आँखा नखेख्ने आमा हुनु हुन्छ, उहाँ आफै अशक्त हुनुहुन्छ मलाई उपचार गर्न कस्ले लगिदिन्छ, वीरुले आाखाबा

फोटो क्याप्सन : भेरीमालिका नगरपालिका ३ का वीरु नेपालीको घाउ ड्रेसिङ्ग गराउँदै स्वास्थ्यकर्मीहरु तस्बिर : राजेन्द्र कार्की
फोटो क्याप्सन : भेरीमालिका नगरपालिका ३ का वीरु नेपालीको घाउ ड्रेसिङ्ग गराउँदै स्वास्थ्यकर्मीहरु तस्बिर : राजेन्द्र कार्की

ट आँशु झार्दै भने । आफुसँग पैसा नभएको र काठमाडौं लगिदिने मानिस कोही नभएकाले उपचार गर्न गाह्रो भएको उनले बताए ।
जिल्ला अस्पतालमा जाजरकोटमा उपचार संभव नभएपछि काठमाडौं सुष्माकोइराला मेमोरियल अस्पतालमा नि:शुल्क अप्रेशनको व्यवस्था मिलाईदिएको तर उनी जान नसकेको जिल्ला अस्पतालका डा. बोम विसीले बताए । उनले भने, ‘वीरुको घुडामा मासु प्रत्यारोपन गर्नु पर्ने अवस्था छ शुरुमै हामीले जान सल्लाह दिएका हौ तर अहिलेसम्म गएका छैनन् ।’ घाउपाकेर घुडाको हड्डी समेत कुहिन थालेको छ जति ढिला गर्‍यो उति खतरा बढ्दै जाने डा. विसीको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share