बिहिबार, माघ ६, २०७८

दृष्टिविहीनतर्फ नवलपरासीका वाग्ले सर्वोत्कृष्ट

५ असार २०७३, आईतवार ०७:१२

कावासोती, ५ असार । एसएलसी परीक्षा २०७२ मा दृष्टिविहीनतर्फ सौगात वाग्ले सर्वोत्कृष्ट भएको दाबी गरिएको छ ।

नवलपरासीको देवचुली नगरपालिका–३ का सौगात वाग्लेले अमरसिंह नमुना उच्च मावि पोखराबाट एसएलसी दिएका थिए । प्रारम्भिक कक्षामा गाउँमै पढेका उनी पछि आँखाले नदेख्ने समस्या भएपछि ब्रेललिपीमा पढ्नका लागि पोखरा गएका थिए ।

आमा बाबुभन्दा बाहिर बसेर दृष्टिविहीन बालकले उत्कृष्ट नतिजा ल्याएको भन्दै गाउँभरि खुसीयाली मनाइएको छ । लेटर ग्रेडिङ (जिपीए) अनुसार उनले ‘ए प्लस’ अर्थात् ३.८० जिपिए ल्याएर सफल भएका हुन् । वाग्लेले जति अन्य दृष्टिविहीन विद्यार्थीले अङ्क नल्याएको दाबी अमरसिंह नमुना उच्च माविका प्राचार्य तेजस्वी वाग्लेले गरेका छन् ।

विसं २०५८ वैशाख २८ गते जन्मेका वाग्लेले कक्षा ३ बाट ब्रेललिपी पढ्न थालेका थिए । छोराको नदेख्ने समस्या भएपछि पोखरा लगेर पढाउनु पर्‍यो आज उसले हासिल गरेको नतिजाले खुसीको सीमा छैन आमा सरस्वती वाग्लेले भनिन् ।

वाग्लेको घरमा बाबा, आमा, दिदीभाइ र आफू गरी पाँच जनाको परिवार रहेको छ । वाग्लेको भाइलाई पनि दृष्टिमा केही समस्या रहेको छ । सौगातले अब व्यवस्थापन सङ्काय पढ्ने योजना रहेको जानकारी दिए । छोराको भविष्यका लागि सङ्घसंस्थाको सहयोग पाए छोराको इच्छाअनुरुप सौगातलाई काठमाडौँमा राखेर व्यवस्थापन पढाउने आमा सरस्वतीले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share