आइतवार, अशोज ३१, २०७८

दुर्घटनामा शिक्षकको मृत्यु

२ आश्विन २०७३, आईतवार १२:०७

तुलसीपुर (दाङ), २ असोज । गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तुलसीपुर–१९ जसपुरका ५४ वर्षीय देवबहादुर डाँगी रहेका छन् ।

मृतक डाँगी अमर उच्च मावि उरहरीका विज्ञान शिक्षक हुन् । सो दुर्घटनामा परी उनकी श्रीमती पुष्पा डाँगी पनि गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाइएको छ ।

इप्रका, तुलसीपुरका प्रमुख कृष्ण प्रसार्इंले बस चालकले अत्यधिक मदिरा सेवन गरेर बस चलाउँदा सो दुर्घटना भएको बताए ।

गाडी चालक र गाडीलाई गएराति नै नियन्त्रणमा लिइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share