मङ्लबार, असार २१, २०७९

दुर्घटनामा मृत्यु

२१ कार्तिक २०७३, आईतवार १३:२३

धनगढी, २१ कात्तिक । धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ ।

से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकलमा सवार धनगढीकै २८ वर्षीय तीर्थ रावल भने गम्भीर घाइते भएकाले उपचारका लागि भारतको हल्व्दानीस्थित अस्पतालमा भर्ना गरिएको छ । मल्ल र रावल कैलाली बहुमुखी क्याम्पसका कर्मचारी हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share