बिहिबार, माघ १३, २०७८

दुर्घटनामा महिलाको मृत्यु, छोरी गम्भीर घाइते

२१ असार २०७३, मंगलवार १८:१७

 मोरङ, २१ असार । उर्लाबारीमा आज बिहान मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा उनकी छोरी गम्भीर घाइते भएकी छन् । बिहान साढे ११ बजे उर्लाबारी– १ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को ४ प ४७४३ नंको स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा४७ प ३९३४ नंको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक मोरङकै पथरीशनिश्चरे– २ की ३५÷४० वर्षकी कविता धिमालको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको उर्लाबारीकै अरनिको अस्पतालमा उपचारका क्रममा बिहान ११.४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए।

दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी १७ वर्षीया छोरी अनिशाको अरनिको अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share