दुर्घटनामा एकको मृत्यु
२० जेष्ठ २०७३, बिहीबार १८:५३रुपन्देही, २० जेठ । टिपरको ठक्करबाट आज रुपन्देहीको हाटीबनगाईमा एकजनाको ज्यान गएको छ । रा १ ख ८४२ नम्बरको टिपरको ठक्करबाट सोही गाविस–८ का ६० वर्षीय दीपपुजन अहीरको ज्यान गएको हो । साइकलमा सवार अहीरलाई टिप्परले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनापछि आक्रेसित स्थानीयवासीले टिपरमा आगजनी गरेका थिए । रासस