शुक्रबार, असार १७, २०७९

दुई शव फेला, महिला वेपत्ता

३ असार २०७३, शुक्रबार ०७:३७

गोरखा, २ असार ।

वर्षापछि आज बिहान आएको पहिरोले घर (टहरो) पुरेपछि गोरखाको ताप्ले गाविस–७ का भक्तिमान भट्टको जस्तापाताले छाएको टहरो पुरेको छ । टहरोदेखि करिब ३० मिटर माथिबाट आएको पहिरोले टहरो पुर्दा भट्टको परिवार छिमेकीको शरणमा बस्दै आएका छन् ।

त्यस्तै, जिल्लाको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । पन्द्रुङ गाविस–८ का ६२ वर्षिय कृष्ण भट्टको शव पन्द्रुङको तीनखण्डेस्थित बाटोदेखि सय मिटर तलको खोल्सीमा फेला परेको हो । पन्द्रुङ–७ को लामागाउँमा काम गर्न मेला गएका उनी गत जेठ ३२ गतेदेखि हराइरहेका थिए ।

यसैगरी, घ्याल्चोक गाविस बर्खेघाटस्थित त्रिशूली नदीमा एक महिलाको शव फेला परेको छ । करिब ३० वर्षकी महिलाको शव सडेगलेको अवस्थामा आज फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भने हुन सकेको छैन ।

त्यस्तै, देउरालीस्थित कर्मसिङ प्राविमा आज बिहान छोरा पु¥याउन आएकी बक्राङ–१ शेराबेंसीकी ३५ वर्षीया गीता विक घरबाट बेपत्ता भएकी छिन् । लुदी खोला र दरौँदीको दोभानमा उनले लगाएको चप्पल, मोबाइल, बिषादीको बोतल फेला परेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share