सोमवार, मंसिर २०, २०७८

दुई वर्षमा वाग्मती सङ्ग्रहालय बनाइने

१९ जेष्ठ २०७३, बुधबार १८:२३

काठमाडौँ, १९ जेठ । वाग्मती सभ्यतासँग जोडिएका हरेक वस्तुको संरक्षणका लागि दुई वर्षभित्र वाग्मती सङ्ग्रहालय बनाइने भएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडलले जेठ १५ गते व्यवस्थापिका–संसद पेस गरे आर्थिक वर्ष २०७३/०७४ को बजेटमा पनि वाग्मती सङ्ग्रहालयलाई प्राथमिकता दिइएको छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष किशोर शाक्यले ५० वर्षअघि वाग्मती कस्तो थियो भन्ने देखाउन सङ्ग्रहालय स्थापना गर्न लागिएको बताए । “वाग्मतीसँग सम्बन्धित पुराना चीजबीजको सङ्ग्रह गरेर सङ्ग्रहालय स्थापना गरिन्छ, वाग्मती प्रदूषित हुनुअघि कस्तो थियो ?, प्रदूषित भएपछि कस्तो भयो ?, ट्रिटमेन्ट प्लान्ट राखेर शुद्धीकरण गरेपछि कस्तो भयो भन्ने चीजबीजको सङ्ग्रह गरिन्छ”–उनले भने ।
समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंह वाग्मती सभ्यताका नाममा नगन्य काममात्र भएकाले सङ्ग्रहालय स्थापना गरेर वाग्मती सभ्यताको जानकारी भावी पुस्तासम्म पुर्‍याउन खोजिएको बताउ‌छन् ।
सङ्ग्रहालयमा श्रव्य, दृश्य, पुस्तकालय, अनुसन्धान, पुरातात्विक, सांस्कृतिक, धार्मिकलगायतका छुट्टाछुट्टै कक्ष राखिने भएको छ । एक सय १५ रोपनीमा फैलिएको समितिको दुई रोपनी क्षेत्रमा सङ्ग्रहालय स्थापनाका लागि चैत ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।  भवन विभागले निर्माण गर्ने सङ्ग्रहालयका लागि यस वर्ष रु १५ करोड छुट्याइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share