सोमवार, मंसिर २०, २०७८

दुई माओवादी नेता प्रहरी नियन्त्रणमा

३१ जेष्ठ २०७३, सोमबार १३:०४

बाबियाचौर (म्याग्दी), ३१ जेठ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानबिन गर्न प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई जना नेतालाई नियन्त्रणमा लिएको छ ।

बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।
पसलमा काम गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका अर्का नेता गोपाल शर्माले बताए । शर्मालाई पनि आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छोडेको थियो ।
एनसेलको टावरमा आगजनी भएको घटनाको छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए । बेनी नगरपालिका–४ बन्चरेडिलस्थित एनसेलको टावरमा शनिबार साँझ आगजनी भएको थियो । आगजनीबाट जेनेरेटरमा क्षति पुगेको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share