बिहिबार, माघ ६, २०७८

दुई महिलाको उद्धार, दलाल पक्राउ

१६ असार २०७३, बिहीबार ०७:३६

काँकडभिट्टा (झापा), १६ असार । झापाको भद्रपुरबाट भारततर्फ बेच्न लैजाँदै गरेका दुई महिलाको बुधबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उद्धार गरिएका महिलाहरुमा नेपालगञ्जको फत्तेपुर गाविस ९ बस्ने ३३ वर्षिया विना ओली र नुवाकोट नर्जामण्डल गाविस ३ बस्ने २१ वर्षिया हिरामाया तामाङ्ग रहेका छन् ।

उनीहरुलाई बुधबार बिहान साना हात नामक संस्थाले प्रहरीको सहयोगमा भद्रपुरको छोटी भन्सार नजिकैबाट उद्धार गरेको हो ।

ओली र तामाङलाई भद्रपुर १५ बस्ने ३६ वर्षिया मलिना कुटवाल (श्रेष्ठ)ले भारतको सिलगुडी घुम्न जाऊँ भन्दै काठमाडौँबाट झापा ल्याएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले विना र हिरामायालाई भारत घुमाउने बहानामा बेच्ने लैजाने दलाल मलिनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share