सोमवार, असार १३, २०७९

दुई नाल भरूवा बन्दुक बरामद

४ असार २०७३, शनिबार १२:२३

लहान, ४ असार ।
प्रहरीले गए राति सिरहाको गोलबजार नगरपालिका– १० स्थित घुर्मी जङ्गलबाट दुई नाल भरूवा बन्दुक बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले राति १० बजे जङ्गलमा गोली राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो ।

बरामद भएका बन्दुक इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको र हतियार राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share