शनिबार, माघ ८, २०७८

दीपायलमा टोल फ्री सेवा सुरु

२० असार २०७३, सोमबार १७:५८

डोटी, २० असार । सर्वसाधारण जनताको समस्यालाई ध्यानमा राखेर क्षेत्रीय प्रहरी कार्यालय दीपायलमा टोल फ्री (पैसा नलाग्ने) फोनको व्यवस्था गरिएको छ ।

प्रहरी सेवालाई सर्वसुलभ बनाउन, प्रहरीमा जनताको सिधै पहुँच स्थापना गर्न, प्रहरीका काम कारबाहीबारे गुनासो सुन्न टोल फ्री नम्बरको व्यवस्था गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख विजयराज भट्टले जानकारी दिए ।

आपत्विपद्को समयमा सिधै फोन गर्न समेत प्रहरीले सबैलाई आग्रह गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय दीपायलमा १११३ नम्बरको टोल फ्री फोन सेवा सुरु गरिएको क्षेत्रीय प्रहरी कार्यालय दीपायलले जानकारी दिएको छ ।

टोल फ्री नम्बरमा नेपाल टेलिकमको पोस्टपेड, प्रिपेड, ल्यान्डलाइन सबैबाट सम्पर्क गर्न सकिनेछ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share