सोमवार, मंसिर २०, २०७८

‘दीनाभद्री’लाई राष्ट्रिय विभूति घोषणाका लागि हस्ताक्षर अभियान

२९ जेष्ठ २०७३, शनिबार १२:२८

लहान, २९ जेठ ।

मिथिला क्षेत्रका लोकनायक दीनाभद्रीलाई राष्ट्रिय विभूति घोषणा गराउनका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ । सरकारी उदासीनता र उपेक्षाका कारण मिथिला क्षेत्रका धरोहर दीनाभद्रीको लोकगाथा लोप हुन लागेको जनाउँदै भोर र मिथिला पर्यटन नामक संस्थाले हस्ताक्षर अभियान सुरु गरेका हुन् । ‘राष्ट्रिय मुसहर उत्थान समाज नेपाल’को धनुषाको जनकपुरधामको १२ बिघा जमिनमा भएको प्रथम महाधिवेशनदेखि शुभारम्भ गरिएको हस्ताक्षर अभियान मधेसका धनुषा, सिरहा, सप्तरी र सुनसरी लगायत जिल्लामा हस्ताक्षर सङ्कलन गरिने ‘भोर नामक’ संस्थाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

हस्ताक्षर सङ्कलन गरी मिथिला क्षेत्रका लोकनायक दीनाभद्रीलाई राष्ट्रिय विभूति घोषणा गर्नका लागि सरकारलाई बुझाइने अध्यक्ष महतोले बताए । सप्तरी जिल्लाको जोगिया जाँजर गाउँका कालु सदा र आमा नीरसोका कोखबाट जन्मिनुभएका दुई दाजुभाइ दीना र भद्री अन्याय, अत्याचार, शोषण दमनविरुद्ध सङ्घर्ष गरेकै कारण मिथिला क्षेत्रका हरेक समुदायबीच लोक देवताका रुपमा दीनाभद्री पुजित थिए ।
नेपालको पूर्वाञ्चलका सप्तरी, सिरहा, सुनसरी, मोरङ, झापा सहित जिल्लाका विभिन्न गाउँमा बसोबास गर्ने मुसहर जातीले दीनाभद्रीलाई कुलदेवताकै रुपमा पुज्ने गरेका छन् ।
बाल्यकालदेखि नै दुवै दाजुभाइ वीर एवम् साहसी थिए । कुस्ती खेल्नमा सिपालु रहनाका साथै सामाजिक न्यायका सच्चा पहरेदारका रुपमा प्रस्तुत भएका कारण उनीहरुको वीरताको चर्चा त्यतिबेला जन जनमा चलेको लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहासविद् डा पीताम्बरलाल यादवले बताए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share