बुधबार, मंसिर २२, २०७८

दीक्षित परिवारको १८ रोपनी जग्गा मालपोतद्वारा रोक्का

१९ जेष्ठ २०७३, बुधबार ०६:५५

काठमाडौं, १९ जेठ -ललितपुरका मालपोत कार्यालय र भूमिसुधार कार्यालयले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी जग्गा रोक्का गरेका छन् । रानी जगदम्बाकुमारी राणाले सरकारलाई दिएको जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउन अख्तियारले आइतबार भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ । पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ ।

दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ । अख्तियारको निर्देशनपछि ललितपुरका मालपोत र भूमिसुधार कार्यालयले मंगलबार कमलमणि, कनकमणि र कुन्दमणि दीक्षितका नाममा सातदिने म्याद जारी गरेको छ । तोकिएका जग्गा आफ्नो नाममा ठहर हुने भए सात दिनभित्र प्रमाणसहित उपस्थित हुन ती कार्यालयहरूले दीक्षित परिवारलाई म्याद तोकेका छन् । कमलमणि र कनकमणिले म्याद बुझे पनि कुन्दमणिले नबुझेकाले उनको घरमा सूचना टाासिएको ती कार्यालयहरूले जनाएका छन् । त्यसैगरी दीक्षित परिवारकै पहलमा सरकारी जग्गा मदन पुरस्कार पुस्तकालयका नाममा सारिएको भन्दै सो जग्गा पनि फिर्ता गर्न अख्तियारकै निर्देशनअनुसार मालपोत र भूमिसुधार कार्यालयले पुस्तकालयका नाममा पनि पत्र काटेका छन् । पुस्तकालयका कर्मचारीले सो पत्र बुझेका छन् ।

पुल्चोकस्थित श्रीदरबार, श्रीमहल परिसर र उपत्यकाको विभिन्न स्थानमा रहेका पाँच सय ९८ रोपनी जग्गामध्ये ५८ रोपनी जग्गा आफूले राखेर रानी जगदम्बाले बाँकी सम्पूर्ण जग्गा सरकारका नाममा कायम गरिदिन स्वेच्छिक घोषणा गरेकी थिइन् । तर, त्योमध्ये केही जग्गा दीक्षित परिवारले आफ्नो नाममा राखेको अख्तियारको ठहर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share