मङ्लबार, असार २१, २०७९

दिक्तेल–चखेवा सडक छ महिनापछि पुनः सञ्चालन

२१ कार्तिक २०७३, आईतवार ०७:४७

खोटाङ, २१ कात्तिक । यसैगरी मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवा सडक छ महिनापछि सञ्चालनमा आएको छ । बर्सातको पानीले गत जेठ दोस्रो हप्तादेखि अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा ल्याइएको हो ।

यात्रुको समस्यालाई दृष्टिगत गर्दै दिक्तेलदेखि चखेवासम्म करिब ४६ किलोमिटर सडक मर्मतपछि सञ्चालनमा ल्याइएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए । लामो समयसम्म अवरुद्ध सडक सञ्चालनमा आएपछि दिक्तेलबाट चखेवासम्म नियमित यातायात सेवासमेत सञ्चालन गरिएको छ ।

कालोपत्रको काम सुरु गरिएको दिक्तेल–चखेवा सडक तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ काम भइरहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share