शुक्रबार, कार्तिक ५, २०७८

दाहाललाई मोदीको किताब उपहार

१ आश्विन २०७३, शनिबार ०८:०१

काठमाडौ, १ असोज – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पुस्तक उपहार दिएका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासमा इकोनोमिक काउन्सिलरका रूपमा काम गरेका जावेद असरफले लेखेको ‘अ डे इन द लाइफ अफ काठमाडौं’ नामक पुस्तक उपहार दिएका हुन् ।

मोदीले यो पुस्तक भूकम्पपीडितहरूलाई समर्पण गरेको समेत बताए । यो पुस्तकमा १० वर्षको अवधिका तस्बिर समावेश गरिएको छ । असरफ सन् २००४ देखि २००६ सम्म काठमाडौं बसेका थिए ।

उनले लगातार काठमाडौं भ्रमण गर्दा तस्बिरहरू लिएका थिए । असरफ मोदीनिकट कूटनीतिज्ञ मानिन्छन् । सन् २०१४ मा मोदीले नेपालको भ्रमण गर्दा उनी सँगै थिए ।

उनले नेपालमा भूकम्पपश्चात् पनि फोटाहरू लिएका थिए । आजको कान्तिपुरमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share