सोमवार, मंसिर २०, २०७८

दाङमा सरसफाई सप्ताह मनाइदै

२८ जेष्ठ २०७३, शुक्रबार १४:३४

दाङ, जेठ २८ ।
झाडु लगाउने र फोहर संकलन गर्ने काममा शुक्रबार बिहान कर्मचारीदेखि युवाहरु एकसाथ तुलसीपुरमा जुटेका छन् । तुलसीपुर नगरपालिका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसी सहित नगरपालीकाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, तुलसीपुर उद्योग वाणिज्य संघ, सशस्त्र प्रहरी, तुलसीपुर खानेपानी, विभिन्न राजनितिक दल, विभिन्न संघ सस्था तुलसीपुर नगर जेसिज, ट्राफिक प्रहरी लगायतले तुलसीपुरमा सरसफाई गरेका हुन् ।
१७ औ राष्ट्रिय सरसफाई 13393990_1223208831046865_349557008335148539_nदिवस भनिएपनि बजार दुर्गन्धीत बन्दै गएको भनेर एकसाथ हातेमालो गर्दै सरसफाई जुटेको सहभागिहरुले बताएका छन् । तुलसीपुर बजारलाई सफा गर्न, आगामी दिनमा एक्यबद्ध भई सरसफाईमा लाग्नु पर्ने कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले बताएका छन् । घरमा जम्मा भएको र टोल बस्तीमा संकलन भएको फोहरलाई दीर्घकालीन ब्यवस्थापनमा जुट्नु पर्ने उनले बताए ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले तुलसीपुर नगरपालिकाले सुरु गरेको सरसफाई अभियान दिगो रुपमा व्यवस्थापन गरी अगाडी वढाउनु पर्ने वताएका छन् । उनले वजार सरसफाई गर्ने दायित्व नगरपालिकाको भएको र त्यसका लागि संघले सहयोग गर्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share