शनिबार, माघ ८, २०७८

दलित बालकको उपचार हुन सकेन

२१ असार २०७३, मंगलवार ०८:१५

Rss_Images_1467646427995_RCN-Dolpa_160704_IMG_20160704_130604डोल्पा, २१ असार । डोल्पाको त्रिपुराकोट गाविस–३ रल्लीका नरबहादुर नेपालीको खर्च अभावमा उपचार हुन सकेन ।

विपन्न दलित समुदायका उनी नजिकै रहेको महाकवि प्राथमिक विद्यालयबाट पढेर घर फर्कने क्रममा बाटोमा लडेर देब्रेहात भाँचिएर थला परेका छन् ।

कक्षा १ मा पढ्दै गरेका ७ वर्षीय उनको हात भाँचिएको एक हप्ता भइसक्दा पनि उपचार भएको छैन । घरमा राम्रोसँग बिहान बेलुकी छाक टार्न सकिँदैन कसरी उपचार गराउनु, बालकका बुबा सुकलाल नेपालीले भने ।

जिल्ला अस्पतालमा लाँदा लामो समय भइसकेकाले हात बिग्रन लागिसकेको छ अब छिट्टै जिल्ला बाहिर लगेर उपचार नगराए हात काम नलाग्ने हुन्छ भनेर डाक्टरले भनेको नेपालीले बताए ।

सहयोगका लागि सबै परिवार सदरमुकाममा रहेका विभिन्न कार्यालयमा पुग्यौँ तर कसैले दया गरेनन्, हामी गरिबलाई कसले पो सहयोग गथ्र्यो र ? उनले भावुक हुँदै भने ।

जिल्ला बाहिर लानलाई एक रुपैयाँ पनि छैन कसरी उपचार गराउनु, कसैले सहयोग गरिदिए छोराले नयाँ जीवन पाउने थियो उनले थपे ।

रासस 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share