आइतवार, असार १९, २०७९

दलहरूबीच कुरा नमिल्दा सवा करोड बढी रकम फिर्ता

२७ असार २०७३, सोमबार ०७:४२

सुर्खेत, २७ असार । सुर्खेतको तीन वटा सडकका लागि असारको तेस्रो सातातिर अपर्झट आएको बजेट खर्च गर्ने प्रक्रियामा राजनीतिक दलहरुवीच कुरा निमल्दा फिर्ता भएको छ ।

gadhi roadस्थानीय विकास मन्त्रालयले सुर्खेत उपत्यका चक्रपथ, गढी लेखगाउँ धनीगाड कल्याणकाँध सडक र बावियाचौर भत्तडी जंगलाघाट सडकका लागि ४५ लाखका दरले १ करोड ३५ लाख बजेट अपर्झट पठाएको थियो । तर खर्च गर्ने प्रक्रियामा स्थानीय दलहरुवीच कुरा नमिलेपछि अन्ततः फिर्ता भएको छ ।

बजेट खर्च गर्ने प्रक्रियामा जिल्लास्थित दलहरु नै विभाजन भएका थिए । कांग्रेस र राप्रपा नेपाल एकातिर थिएभने एमालेले बहिष्कार रोज्यो र अन्य दलहरु काम गर्न नहुने अडानमा बसेपछि कामै हुन नसकी सवा करोड बढी रकम फिर्ता हुन बाध्य भयो ।

जिल्ला विकास समितिले दलहरुवीच सहमति गर्न औपचारिक र अनौपचारिक गरी ६ पटक बैठक बसालेपनि खर्च गर्ने प्रक्रियामा सहमति हुन सकेन । दलहरुवीच सहमति नभएपछि जिविसले पनि एक्लै काम गर्ने जोखिम लिन नसक्दा रकम फिर्ता भयो । स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले दलहरुवीचको बेमेलका कारण विकासका लागि आएको रकम फिर्ता हुन पुगेको बताए । उनले सहमति जुटाउन जिविसले हदैसम्मको प्रयास गरेपनि सफल हुन नसकेको उल्लेख गरे । तर दलहरुले भने जिविसले पनि ठोस निर्णय गर्न नसक्दा विकासको लागि आएको रकम फिर्ता भएको जनाएका छन् ।

उनीहरुले जिविसले पनि रकम खर्च गर्ने सम्वन्धमा विकल्पसहितको आफ्ना धारणा राख्नुपर्नेमा राख्न नसकी दलहरुकै निर्णय कुर्दाकुर्दै म्याद गुजार्ने काम गरेको आरोप लगाए । बाहिर सहमतिको रटान लगाएपनि दलहरुको आ—आफ्नै स्वार्थले सो रकम फिर्ता हुन पुगेको स्रोतले जनाएको छ । सवै दलहरुको आआफ्नै स्वार्थले गर्दा बजेट कार्यान्वयन हुन सकेन । अन्ततः फिर्ता भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share