बुधबार, मंसिर २२, २०७८

दरबार हत्याकाण्ड भएको १५ बर्ष पुरा

१९ जेष्ठ २०७३, बुधबार ०८:०४

king Birendra and his familyकाठमाडौ १९ जेठ-नेपालको इतिहासमा कहाललाग्दो दिनका रुपमा लिईने नारायणहिटी दरवार हत्याकाण्ड भएको १५ वर्ष पुरा भएको छ । यद्यपि उक्त हत्याकाण्डको रहस्य भने अझै गर्भमै छ । पछिल्लो समय राजतन्त्र विस्थापित भएपछि यस हत्याकाण्डको छानबिनका विषयमा चर्चासमेत हुन छाडेको छ ।
२०५८ जेठ १९ गते शुक्रबार आजैका दिन भएको हत्याकाण्डमा राजा विरेन्द्र शाहको बंश नै नाश भएको थियो ।

राजपरिवारका सदस्यहरु एकै ठाउँमा भेला भएको बेला भएको हत्या काण्डमा तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती सहित १० जनाको मृत्यु भएको थियो । त्यसैगरी राजा वीरेन्द्रका भाइ धिरेन्द्र शाह, राजा वीरेन्द्रकी बहिनीद्वय शान्ति, शारदा र शारदाका श्रीमान् कुमार खड्का, नातेदार जयन्तीको पनि मृत्यु भएको थियो ।
हत्याकाण्डका बारेमा छानविन गर्न गठित उच्चस्तरिय समितिले युवराज दिपेन्द्र शाहले घरायसी बेमेलका कारण गोली चलाएको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share