मङ्लबार, कार्तिक ९, २०७८

दक्षिणी सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

३० भाद्र २०७३, बिहीबार १४:०८

कञ्चनपुर, ३० भदौ । दसैँलगायतका चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुरको भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

चाडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी बेचबिखन, लागुऔषधको कारोबार, आतङ्कित गतिविधि नियन्त्रण गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय बेलौरीले सुरक्षा सतर्कता बढाएको हो ।

सीमा क्षेत्रका अवाञ्छित क्रियाकलाप हुन सक्ने क्षेत्रहरुको पहिचान गरी चौबीसै घन्टा प्रहरी परिचालन गरी निगरानी बढाइएको इप्रका बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले बताए ।

“भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएका छौँ” – उनले भने ।

दैनिक सादा पोसाक र पोसाकमा गस्ती टोलीलाई परिचालन गरिएको उनले जानकारी दिए ।

सीमा क्षेत्रमा भारत नेपाल संयुक्त गस्तीको कार्यलाई समेत परिचालन गरिएको उनले उल्लेख गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share