आइतवार, असार १९, २०७९

थालेसिमियाका बिरामीको निःशुल्क उपचार

७ असार २०७३, मंगलवार १५:२२

रत्ननगर (चितवन), ७ असार । भरतपुर अस्पतालले थालेसिमिया(रगतको गडबडीबाट हुने रोग) का ५२ बिरामीलाई निःशुल्क उपचार दिन थालेको छ ।

भरतपुर अस्पताल विकास समितिले आफ्नै खर्चमा निःशुल्क सेवा दिन थालेको हो । थालेसिमियाका बिरामी १५/१५ दिनमा उपचारका लागि अस्पताल आउनुपर्छ । अस्पतालले प्रतिपोका रु ८५० पर्ने रगत महिनामा दुई पोकाका दरले उपलब्ध गराउँदै आएको अस्पतालका सामाजिक सेवा प्रमुख नारायण सापकोटाले जानकारी दिए ।

बिरामीलाई औषधि पनि निःशुल्क रूपमा नै वितरण गर्ने गरिएको छ । बिरामीलाई परिचयपत्र दिइएको र सोही आधारमा सेवा पाउने छन् । अस्पतालले थालेसिमियाका बिरामीलाई चढाएको रगतको पैसा ब्लड बैंक भरतपुरलाई दिने गरिएको छ । “वार्षिक रुपमा करिब रु पाँच लाख रकम खर्च हुन्छ” – अस्पतालका सहायक लेखापाल कृष्ण शर्माले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बोनम्यारो ट्रान्सप्लान्ट यस रोगको अन्तिम उपचारको विकल्प हो, तर उक्त सेवा नेपालमा नै उपलब्ध नभएको र बिरामीलाई विदेशमा गर्न महँंगो भएकाले वैकल्पिक रूपमा मासिक रगत हाल्नुपर्ने हुन्छ भने । अस्पतालमा एक वर्षको शिशुदेखि ४५ वर्ष उमेरसम्मका थालेसिमियाका बिरामीले उपचार लिँदै आएका छन् भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले हेमोग्लोबिन बनाउने क्रोमोजोममा हुने गडबडीबाट यस्तो समस्या आउने बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share