सोमवार, मंसिर २०, २०७८

तेत्तीस प्रतिशत मुद्दा फछ्र्यौट

२२ जेष्ठ २०७३, शनिबार १३:३७

जनकपुरधाम, २२ जेठ ।
धनुषा जिल्ला अदालतमा हालसम्म ३२.६२ प्रतिशत मुद्दा मात्र फछ्र्यौट भएको छ । जिल्ला अदालतद्वारा आयोजित ‘न्यायिक सूचना प्रवाहमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा तराई, मधेसमा भएको आन्दोलनका समयमा सुनुवाइ कार्य पूर्णरूपमा हुन नसकेका कारण लक्ष्यअनुरूप मुद्दा फछ्र्यौट हुन नसकेको बताइयो ।
अदालतकाअनुसार गत वर्षबाट जिम्मेवारी सरेर आएको एक हजार ९८६ र नयाँ दर्ता भएको दुई हजार ३१९ गरी हालसम्म चार हजार ३०५ मुद्दा दर्ता भएको र एक हजार ४०४ मुद्दा फछ्र्यौट भएको छ । अदालतको वार्षिक मुद्दा फछ्र्यौट लक्ष्य ६० प्रतिशत भएकामा आन्दोलनले सुनुवाइको कार्य प्रभावित भएको न्यायाधीश केशवप्रसाद अधिकारीले बताउनुभयो । त्यस्तै पक्षहरू स्वयम्बाट मिलापत्र भएको मुद्दाको सङ्ख्या २४२ र मेलमिलापका लागि अदालतको मेलमिलाप केन्द्रमा पठाइएको मुद्दाको सङ्ख्या ४६ मध्ये ११ वटा मुद्दा मेलमिलाप भएको छ ।
न्यायाधीश डा राजेन्द्रकुमार आचार्यले अदालतको समाचार लेखन गर्दा अदालती निर्णयको भाषा प्रयोग नगर्दा समाचार अपूर्ण हुने गरेको बताए । नेपाल पत्रकार महासङ्घ,धनुषाका अध्यक्ष अनिल मिश्रले मुद्दा दर्ता गर्दा अतिरिक्त रकम लिने गरेकातर्फ ध्यानाकर्षण गराए । अदालतका स्रेस्तादार नन्दकुमार यादवले अदालतमा रहेको ८० हजार छिनुवा मिसिलमध्ये ३५ हजार मिसिल अभिलेख मिसिल व्यवस्थापन प्रणालीमा दर्ता गरिएको बताए ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share