शनिबार, मंसिर १८, २०७८

तीन बर्ष भित्र ३ वटा क्रिकेट स्टेडियम

१५ जेष्ठ २०७३, शनिबार २०:०१

काठमाडौ १५ जेठ– सरकारले आगामि तीन वर्षभित्र तीन वटा क्रिकेट स्टेडियम बनाउने बजेट पेश गरेको छ । संसदमा आगमी आर्थक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको मुलपानी, भैरहवा र धनगढीमा तीन वर्षभित्र क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् ।
काठमाडौ र झापाको लखनपुरमा रंगशाला निर्माणको काम सुरु गरिने र प्रत्येक प्रदेशमा रंगशाला र एकएक वटा कवर्डहल बनाउने काम पनि सुरु हुने बजेटमा उल्लेख छ । प्रत्येक प्रदेशमा एउटा रंगशाला र एउटा कभर्ट हलको निर्माण सुरु गरिनेछ ।
आगामी आर्थिक बर्षमा हुने सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सन् २०१८ मा नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि पनि बजेट छुट्याइएको छ ।
त्यस्तै मुस्ताङ र सोलुखुम्बुमा हाई अल्टीट्युड स्पोर्टस एकेडेमी निर्माण गरिने छ । विद्यालयबाटै खेलाडी उत्पादन गर्न सवै जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद अनिवार्य गरिने पनि अर्थमन्त्री पौडेलले जानकारी बताए ।

Sports

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share