सोमवार, मंसिर २०, २०७८

तीन दशक देखि अलपत्र पश्चिम सेती जलविधुत आयोजना

२६ जेष्ठ २०७३, बुधबार ०९:५४

ममता भट्ट
डडेल्धुरा, २६ जेठ  ।
देशकै सबैभन्दा ठूलो जलविद्युत परियोजना निर्माण गरिने भनिएको पश्चिम सेती आयोजना तीन दशक देखि अलपत्र परेको छ ।
सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा सरकारबाट ठोस पहल नभएकोमा स्थानयी वासिन्दा समेत निराश हुन थालेका छन् । west_seti_river

निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवाद रहित ढंगले काम शुरु गर्नुपर्ने माग राख्दै बहुउद्देश्यीय पश्चिम सेती निर्माणका लागि अहिलेसम्म कुनै ठूला नेताहरुले सार्थक पहल नगरेको स्थानीय वासिन्दाको आरोप छ ।
७५० मेघावाट जलबिद्युत उत्पादन र सिंचाइको पूर्वाधार समेत निर्माण हुने भनि तीन दशक देखि महत्वाकांक्षा राखिएको पश्चिम सेतीका बारेमा सरकारी स्पष्ट नीति र विकास गर्ने इच्छाशक्ति नहुँदा पश्चिम सेतीले गति लिन नसकेको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खडकाले बताए ।
पश्चिम सेती बन्न नसकनु सुदूरपश्चिमका जनताको लागि अभिषाप भएको दिपायल पिपल्लाका बासिन्दा तथा व्यवसायी गणेशदत्त भट्टले चिन्ता व्यक्त गरे । लाटामाडौं ८ गोपघाटका प्रेम बहादुर बलायर ३३ वर्ष अगाडि सेतीमा बिजुली निकाल्ने कुरा सुनेको भएपनि अझै निर्माण हुन नसकेको बताए ।
२०४० सालमा भू–बनोटको परीक्षण कार्य शुरु गरी विभिन्न समयमा कम्पनीहरुले काम गर्दै छोडदै गरेका थिए । सन् १९९४ देखि अष्ट्रेलियन कम्पनी स्नोवी माउन्टेन हाईड्रालिक स्किमले रोजगारी सिर्जना, स्थानीय संभावनाको उपयोगका साथै सेवा–सुविधा प्रबद्र्धन तथा संरक्षण गर्ने काम सुरु गरिएको थियो ।
पूर्वाधार निर्माण गर्ने जिम्मा पाएको उक्त कम्पनीले १६ वर्ष सम्म पनि पश्चिम सेती बनाउन नसक्दा निरास बनेका छन् । थ्रीगर्जेजसँगको प्रारम्भिक सम्झौता प्रति पनि विश्वस्त हुने आधार नभएको स्थानीय वासिन्दाको आशंका छ । सुदूरको जीवनशैलीलाई कायापलट गर्ने सम्भावना बोकेको पश्चिम सेती निर्माणमा सरकारले ध्यान दिनु पर्ने स्थानीय वासिन्दाको माग छ ।
आन्तरिक खपतका लागि झण्डै २ खर्ब ५० अर्बको लागतमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविधुत आयोजना चर्चामा रहेपनि निर्माणमा ढिलाई हुँदा स्थानीयले चिन्ता व्यक्त गर्न थालेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share