मङ्लबार, असार २१, २०७९

तीन जनालाई प्रहरीद्वारा उद्धार

१० असार २०७३, शुक्रबार १३:३१

गोलबजार (सिरहा), १० असार । दाउरा छान्न गएका बेला बलान नदीमा आएको बाढीमा बगेका तीन जनालाई प्रहरीले शुक्रबार बिहान उद्धार गरेको छ ।

लहान नगरपालिका–४ का २२ वर्षीय मो कलाम, सोही ठाउँका ४५ वर्षीय वैद्यनाध पासवान र २५ वर्षीय प्रवेश रामलाई नदीबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले जानकारी दिए । उद्धार गरिएका तीनै जनालाई उपचारका लागि अहिले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ ।

उद्धार गरिएका तीनै जनाको अवस्था सामान्य छ । नदीमा दाउरा छान्न गएका बेला अचानक आएको बाढीमा बगेको देखेपछि प्रहरीको टोली पुगेर उनीहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share