मङ्लबार, माघ ११, २०७८

तीन कार्यालय डुबानमा

५ असार २०७३, आईतवार १७:४७

गौशाला, ५ असार । सदरमुकाम जलेश्वरमा अाइतबार  अचानक परेको पानीले यहाँका तीनवटा कार्यालय डुबानमा पारेको छ ।

करिब ११ बजेतिर परेको पानीका कारण जलेश्वरमा अवस्थित नेपाल प्रहरी, जिल्ला अदालत र कारागार कार्यालय डुबानमा परेका हुन् ।

वर्षाको पानीले तीनवटै कार्यालय परिसर जलमग्न भएका छन् भने अगाडिको बाटो र नालासमेत नदेखिने अवस्थामा पुगेको छ ।

जिल्लाको तीन महत्वपूर्ण कार्यालय वर्षाको पानीले जलमग्न भएपछि सुरक्षाकर्मी, जिल्ला अदालतका कर्मचारी र कारागार कार्यालयका कर्मचारीलाई काम गर्न समस्या भएको छ ।

साथै, तीनवटै कार्यालयमा कामको सिलसिलामा आएका सेवाग्राहीलाई पनि समस्या भएको छ । निकासको उचित व्यवस्था नभएका कारण पानी परेपछि पटक÷पटक यी कार्यालय डुबानमा पर्ने गरेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share