शनिबार, माघ ८, २०७८

तीन कर्मचारी सम्मानित

१ श्रावण २०७३, शनिबार १५:१८

जुम्ला, १ साउन । दुर्गम हिमाली जिल्लामा निर्वाध रुपमा जिम्मेवार, कर्तव्यनिष्ठ, जवाफदेही, अनुशासित भई समाज र राष्ट्रप्रति समर्पित भएर काम गर्ने जुम्लाका तीन राष्ट्रसेवक कर्मचारी शनिबार सम्मानित भएका छन् ।

‘कर्णाली सरोकार’ दैनिक जुम्लाको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्थापना दिवस समारोहको अवसरमा उनीहरु सम्मानित भएका हुन् । सम्मानित हुनेमा वित्तीय क्षेत्रअन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख गोकुल बास्तोला, प्रशासन क्षेत्रतर्फ महिला तथा बालबालिका कार्यालयका महिला विकास निरीक्षक मञ्जु पाण्डे र चिकित्सा क्षेत्रमा कार्यरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा निरेश थापा मगर रहेका छन् ।

कार्यक्रममा प्रजिअ रुद्रप्रसाद पण्डितले डिजिटल संसारमा कर्णालीमा छापाबाट जनस्तरमा सूचना समाचार जानकारी गराउन दैनिक रुपमा साहस राख्ने कर्णाली सरोकारको टोलीलाई धन्यवाद ज्ञापन गरे  ।

नेपाली काँग्रेस जुम्लाका सचिव कर्णबहादुर शाहीले छेउ लागेका कर्णालीवासीलाई राज्यको मूलधारमा ल्याउन पत्रिकाले उल्लेखनीय भूमिका खेलेको औँल्याउँदै निर्भिक, निश्छल र निष्कलङ्कित भएर अघि बढ्न सुझाए ।
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बलिराज शाहीले भ्रष्टाचारमुक्त र सक्षम समाज निर्माणमा कर्णाली सरोकारको भूमिका प्रशंसायोग्य रहेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share