मङ्लबार, असार २१, २०७९

तीन करोड बढी राजस्व सङ्कलन

१७ असार २०७३, शुक्रबार १३:०३

भद्रपुर, १७ असार । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको ११ महिनामा लक्ष्य भन्दा रु तीन करोड १९ लाख ५१ हजार बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले सो अवधिमा रु एक अर्ब १४ करोड २३ लाख ५५ हजार लक्ष्य लिएकोमा रु एक अर्ब १७ करोड ४३ लाख छ हजार राजस्व सङ्कलन गरेको हो ।

चालु आवको जेठ मसान्तसम्ममा आय करतर्फ रु ५४ करोड ४६ लाख तीन हजार, घर बहाल करतर्फ रु तीन करोड ७३ लाख १८ हजार, ब्याज करतर्फ रु चार करोड ३६ लाख तीन हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४४ करोड नौ लाख ९३ हजार, अन्तःशुल्कतर्फ रु सात करोड आठ लाख ४३ हजार, स्वास्थ्य करतर्फ रु दुई करोड ८३ लाख ६१ हजार तथा शिक्षा करतर्फ रु ८५ लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।

असार मसान्तभित्रमा रु एक अर्ब ३५ करोड ८९ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यका साथ काम गरिरहेको आन्तरिक राजस्व कार्यालयका प्रमुख निर्मल ढकालले जानकारी दिए । यसैगरी, समयमै आयकर र मूल्य अभिवृद्धि कर चुक्ता नगर्ने ४२ निर्माण कम्पनि, उद्योगी एवम् व्यापारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । यी समूहबाट करिब रु नौ करोड ५० लाख राजस्व असुल हुन बाँकी रहेको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share