शुक्रबार, असार १७, २०७९

तिहारभर दुग्ध विकास संस्थानको ध्यू अभाव

१८ कार्तिक २०७३, बिहीबार ०९:३१

ddc-dairy-gheeकाठमाडौं, १८ कात्तिक । हिन्दु धर्मालम्वी नेपालीहरुको महान् चाड तिहारमा बढी प्रयोग हुने ध्यू काठमाडौंमा हाहाकार देखिएको छ । विशेष गरी सरकारी संस्थान दुग्ध विकास संस्थानले उत्पादन गर्ने ध्यू अभाव अत्यन्तै बढी देखिएको छ ।

उपभोक्ताहरुको बढी माग डिडिसी ध्यूमा भएको भएपनि डिडिसीले बजारमा सहज रुपमा ध्यू वितरण नगर्दा अभाव देखिएको बताएको छ । डिडिसीको प्रमुख वितरकहरु नै डिडिसीले ध्यू उपलब्ध नगराएपछि रुष्ट बनेका देखिन्थे ।

विगत दशबर्षदेखि कालोपुल क्षेत्रमा डिडिसीका उत्पादन विक्री वितरण गर्दै आईरहेको पाण्डे स्टोरका व्यवसायीले करीव एक महिनादेखि डिडिसीको ध्यू उपलब्ध नगराउनाले उपभोक्ताहरुले सास्ती भोग्नु परेको बताएका छन् । डिडिसी मात्र होइन अन्य निजी डेरी उद्योगहरुले पनि तिहारको अवसरमा उपभोक्ताहरुको आवश्यकता अनुरुप ध्यू उपलब्ध गराउन सकेका छैनन् ।

डिडिसीको भन्दा चर्को मूल्यमा ध्यू विक्री वितरण गर्दै आईरहेको नेपाल डेरी, सिताराम डेरी लगायत कम्पनीले पनि तिहारका लागि ध्यू सहज बनाएको देखिएन ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share