बुधबार, मंसिर २२, २०७८

तालिवान बन्दुकधारीको आक्रमणमा सातको मृत्यु

२३ जेष्ठ २०७३, आईतवार १८:५३

पुली अलाम (अफगानिस्तान), २३ जेठ । अफगानिस्तानको पूर्वी प्रान्त लोगारको पुली अलाम सहरमाअवस्थित प्रान्तीय अदालत परिसरमा आइतबार भएको आतङ्ककारी आक्रमणमा कम्तीमा सात व्यक्ति मारिएका छन् ।

प्रान्तीय राजधानी पुली अलाम सहरमा स्थानीय समयाअनुसार करिब ११ बजे भएको आतङ्ककारी आक्रमणमा परी अन्य २३ जना अभियोक्ता घाइते भएका छन् ।
ती अभियोक्ताहरु हाल पक्राउ परेका तालिवान आतङ्ककारीहरुलाई दिइने सजायको विषयमा छलफल गरिरेहका बताइएको छ ।
सो आक्रमणमा मारिएकाहरुमा उक्त प्रान्तीय अदालतका प्रमुखसमेत रहेका बताइएको छ । तालिवानले गत महिना नयाँ नेता नियुक्त गरेयता गरिएका भीणण आक्रमणको घोषणापछि तालिवानले बारम्बार आक्रमण गर्दै आएका छन् ।
तीन आतङ्ककारी अदालतको भवनभित्र छिरेर त्यहाँ उपस्थित व्यक्तिहरुमाथि गोली प्रहार गर्न सुरु गरेका प्रान्तीय गभर्नरमा प्रवक्ता सलिम सलेहले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
यस आक्रमणमा परी हालै नियुृक्त हुनु भएका अदालत प्रमुख मोहमद अक्रम नेजातसहित सात व्यक्तिको मृत्यु भएको छ ।
लोगार प्रान्तीय परिषदका एक सदस्य हासिब तानक्जाइले यस आक्रमणमा मारिएका मृतकको सङ्ख्या पुष्टि गर्नु भएको छ ।
गत मेको सुरुमा कैदमा रहेका ६ तालिवान आतङ्ककारीलाई दिइएको फाँसीको सजायको यो बदला लिइएको तालिवान आतङ्ककारी समूहले जानकारी दिएका छन् ।
अफगानिस्तानको पूर्वी सहर गजनीमा गत जुन १ मा तालिवान आत्मघाती आक्रमणकारीले प्रहरीको पोशाकमा अदालत भवनमा गरेका आक्रमण ६ व्यक्तिको मृत्यु भएको थियो ।
त्यसैगरी गत मे २५ मा राजधानी काबुलनजिकै अदालतका कर्मचारीलाई लक्ष्यगरी गरिएको आक्रमण ११ व्यक्तिको मृत्यु भएको थियो ।
सोही दिन तालिवानले हबुतुल्लाह आखुन्जादालाई नयाँ तालिवान नेतामा नियुक्त गरेको थियो । तालिवानको नेता मुल्लाह मन्सुरको पाकिस्तानी भूमिमा भएको अमेरिकी हवाई आक्रमण मृत्यु भएपछि हबुतुल्लाह नियुक्त भएका हुन ।
सोही समयदेखि तालिवान आतङ्ककारीहरुले सरकारी कर्मचारी, सर्वसाधारण र सुरक्षाकर्मीलाई लक्ष्यगरी आक्रमण गर्दै आएका छन् ।
गत बुधबार पनि पुली अलामाको छिमेकमा पर्ने प्रान्त गजनी रहेको एक स्थानीय अदालतमा चार तालिवान आतङककारीहरुले गरेको आक्रमणमा चार सर्वसाधारणसहित पाँच व्यक्तिको मृत्यु भएको थियो । रासस /एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share