बुधबार, मंसिर २२, २०७८

तालदेखि तालसम्मको यात्रा सुर्खेत पुग्यो

८ जेष्ठ २०७३, शनिबार ०९:२८

पोखरा, ८ जेठ ।
गत वर्षको भूकम्प, नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले सुस्ताएको पोखराको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारदेखि पोखराको फेवातालबाट सुरु गरिएको रारातालसम्मको साइकल यात्रा सुर्खेत पुगेको छ । विरौटा क्लबको आयोजना तथा साइकल सिटी पोखराको सह आयोजनामा सुरु भएको सो साइकल यात्रामा एक विदेशीसहित २९ जना सहभागी छन् ।
फेवाताल र रारा तालबीचको सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सुरु भएको सो यात्रा आज जुम्ला पुगेर बास बस्ने साइकल सिटीका सल्लाहकार नीरज थापाले जानकारी दिनुभयो । टोलीका सदस्यले दुर्गम र अप्ठ्यारो ठाउँमा गाडी सहायता लिनेछ भने अधिकांश दुरी साइकलबाटै यात्रा गर्नेछन् । टोलीले २४ घन्टासम्म रारातालमा बिताउनेछ । टोलीले मुगु जिल्लाको संस्कृतिका बारेमा पनि अवलोकन गरी फर्कने बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share