शुक्रबार, कार्तिक ५, २०७८

तान्जानियामा शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

२६ भाद्र २०७३, आईतवार ०८:२९

एजेन्सी, २६ भदौं – तान्जानियाको उत्तर पश्चिमी क्षेत्रमा ५ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा ११ जनाको मृत्यु भएको छ । भूकम्पमा परि एक सय ९२ जना घाइते भएका छन् ।

उद्धार तथा राहतको काम भइरहेकाले ज्यान जानेको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । युगाण्डा र रवाण्डाको सीमा नजिक रहेको भिक्टोरिया ताल केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा ठूलो मात्रामा भौतिक संरचनामा क्षति भएको देखिएको छ ।  भूकम्पका कारण बुकोबा शहर सबैभन्दा बढी प्रभावित भएको छ ।

७० हजार भन्दा बढी नागरिकको बसोबास रहेको शहरका धेरै घरहरु भत्किएका छन् । भूकम्पको धक्का पहाडी देश केन्या, यूगान्डा, रवांडा र बुरुंणीमा समेत महसुस गरिएको बिबिसीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share