तस्कर पक्राउ
२२ असार २०७३, बुधबार १८:२७राजविराज, २२ असार । नेपालबाट भारतर्फ तस्करी गरी लगिदै गरेका गाईगोरुसहित दुईजनालाई प्रहरीले मङ्गलबार राति पक्राउ गरिएको छ ।
अर्नाहा गाविस– ८ का १८ वर्षीय मोहम्द महफुज मियाँ र १५ वर्षीय मोहम्द समिन मियाँ पक्राउ परेका हुन् । अर्नाहास्थित कुशाहाबाट गोरुसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
दुबैजना अवैध रुपमा नेपालबाट भारतर्फ एक÷एक गाई र गोरु लग्दैगर्दा पक्राउ परेका र गाईगोरुसहित भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै बजार अनुगमन समितिले जिल्लाका विभिन्न बजारमा म्याद गुजे्रका तेल र मसालाको धुलोलगायत सामग्री बरामद गरेको छ । बरामद गरिएको सामग्री नष्ट गरिएको छ । रासस