शनिबार, मंसिर १८, २०७८

तलब बढाएर जिउँदो सरकारको अनुभूत गराएकोः प्रम ओली

२१ जेष्ठ २०७३, शुक्रबार १८:५५

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले धेरैले नसोचेको काम गरेर देखाउने बताएका छन् । सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले भूकम्प, नाकाबन्दी लगायत विभिन्न कठिनाइका बाबजुद पनि कर्मचारीको तलब २५ प्रतिशत बढाएर जिउँदो सरकारको अनुभूत गराएको बताए । उनले देश विकास गर्नका लागि आफूले देखेको सपना नभएर विकासका योजना भएको र त्यो सपना पूरा गरेर देखाउने दाबी गरे । सरकार नयाँ ढङ्गले तीव्रताका साथ काम गर्ने तयारीमा लागिरहेको भए पनि १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही जटिलता भएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share