शुक्रबार, कार्तिक ५, २०७८

तरुण दल गोरखामा थापा

१ आश्विन २०७३, शनिबार ०९:२७

गोरखा, १ असोज । नेपाल तरुण दल गोरखाका अध्यक्षमा यमबहादुर थापा विजयी भएका छन् ।

शुक्रबार सदरमुकाममा भएको चौथो अधिवेशनले  उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा चित्रप्रसाद भट्ट र कोषाध्यक्षमा प्रेम तामाङलाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए ।

यस्तै अधिवेशनले कमलप्रसाद अम्गाईँ, जगत बराम, गौरी तामाङ, शान्ति रिजाल, चेतबहादुर गुरुङ, सरोज परियार र रीता अधिकारीलाई केन्द्रीय पार्षद्का रुपमा चयन गरेको छ ।

अध्यक्षमा विजयी भएका थापा माओवादीका पूर्वलडाकु हुन् । उनी विसं २०७० मा तत्कालीन नेकपा(माओवादी) परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए ।

यस्तै तरुण दलको क्षेत्रीय सभापतिमा क्षेत्र नं १ बाट प्रवीण बस्नेत, २ बाट लोकबहादुर लिम्बू र ३ बाट गजे घले सर्वसम्मत रुपमा चयन भएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share