बिहिबार, माघ १३, २०७८

तमलोपाको अध्यक्षमा ठाकुर निर्विरोध

९ असार २०७३, बिहीबार ०७:०४

नवलपरासी, ९ असार । नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाबाट पार्टीको नेतृत्व गर्न अध्यक्ष पदमा पुनः महन्थ ठाकुर चयन भएका छन् ।

पदाधिकारीतर्फ अहिलेसम्म अध्यक्ष ठाकुरसहित वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी, उपाध्यक्षमा वृजेशचन्द्र लाल निर्विरोध चयन भएका छन् ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा एक जना अपाङग तर्फको सदस्य, तीन जना दलिततर्फको सदस्य, चार जना मुस्लिमतर्फको सदस्य र पाँच जना आदिवासी जनजाति सदस्य निर्विरोध भएका छन् । पार्टीको अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध गर्न पार्टी नेतृत्व पक्ति छलफलमा व्यस्त छन् ।

निर्वाचन हुने दुई महामन्त्री पदका लागि छ जना , एक कोषाध्यक्षका लागि तीन जना, दुई सहमहामन्त्रीका लागि १२ जनाको उम्मेदावारी परेको छ । यसैगरी ३१ जना खुल्ला केन्द्रीय सदस्यका लागि ५० जनाको उम्मेवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोतले जनाएको छ । यसपटक निर्वाचित र मनोनित गरी ७५ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share