शनिबार, माघ ८, २०७८

ढुङ्गाले लागेर ज्यान गयो

९ असार २०७३, बिहीबार ०८:२६

बैतडी, ९ असार ।

बैतडीको रुद्रेश्वरमा पहिरोसँगै माथिबाट खसेको ढुङ्गा लागेर बुधबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा बैतडी रुद्रेश्वर–७ पन्सेराका ५० वर्षीय जने ओड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

चमेलिया नदीमा तटबन्धको काम गरिरहेका बेला एक्कासी माथिबाट पहिरोसँगै खसेको ढुङ्गाले लागेर ओडको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शव गोकुलेश्वर स्वास्थ्यचौकीमा राखिएको छ । शवको परीक्षण आज गरिने भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share