सोमवार, असार १३, २०७९

ढिस्कोले पुर्दा ज्यान गयो

२४ असार २०७३, शुक्रबार १३:०३

जाजरकोट, २४ असार ।
काम गर्ने क्रममा ढिस्कोले पुरिएर घाइते भएका जाजरकोट भगवतका एक व्यक्तिको उपचारको लागि जिल्ला सदरमुकाम खलंगा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको छ । भगवती १ का ४४ वर्षीय मोहन विकको शुक्रवार विहान ज्यान गएको हो ।

जाजरकोटको तल्लुवगर र रुकुमको गोतामकोट जोड्ने भेरी नदी माथिको झोलुङ्गे पुलको मर्मतको लागि बालुवा निकाल्ने क्रममा बिहीवार ढिस्कोले पुरिएर घाइते भएका उनको उपचार नपाएर ज्यान गएको हो । उनी पुल मर्मत समितिका अध्यक्ष थिए । चोट गम्भीर लागेको तर नजिकमा भरपर्दो उपचारको व्यवस्था नहुँदा उपचारको लागि बाटोमा ल्याउँदै गर्दा ज्यान गएको स्थानीय किशोर मल्लले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share