सोमवार, असार १३, २०७९

डोल्पामा एक्स–रे सेवा ठप्प

२३ असार २०७३, बिहीबार ०८:५५

डोल्पा, २३ असार । डोल्पाको एक मात्र जिल्ला अस्पतालमा कर्मचारी नभएपछि एक्स–रे सेवा ठप्प भएको छ ।

एक्स–रे गर्ने कर्मचारी तालिममा जिल्लाबाहिर गएकाले दुई हप्तादेखि सेवा ठप्प भएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । कर्मचारी नभएपछि जिल्लाका बिभिन्न गाउँबाट एक्स–रेका लागि अस्पताल पुगेका सेवाग्राही त्यसै फर्कने गरेका छन् । अस्पतालमा कर्मचारी नभएपछि एक्स–रेका लागि जिल्लाबाहिर जान थालेको त्रिपुराकोट रल्लीका सुकलाल नेपालीले बताए ।

त्यस्तै, एक्स–रे गर्न नपाएको गुनासो जुफाल गाविस मोतिपुरका शुद्ध परियारले गरे । एक हप्ताभित्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक्स–रे गर्ने स्वास्थ्यकर्मी बोलाएर सेवा सञ्चालन गरिने डाक्टर श्रीकान्त अग्रवालले बताए ।

जुम्लाबाट आउने स्वास्थ्यकर्मीबाट डोल्पाका स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिन पठाएर सेवालाई दीर्घकालीन बनाइने समेत उनले बताए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share