सोमवार, मंसिर २०, २०७८

डोटी विमानस्थलको कालोपत्र हुन्छ : महानिर्देशक गौतम

१६ जेष्ठ २०७३, आईतवार १५:४९

डोटी, १६ जेठ । यहाँको विमानस्थल कालोपत्र हुने पक्का भएको छ ।

गत वर्ष नै विमानस्थल कालोपत्रका लागि थालिएको प्रयासले पूर्णता पाउने भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दुई हप्ताभित्र पिक्यु टेन्डरको नतिजा आउने र त्यसको दुई हप्तापछि अन्तिम बोलपत्र आह्वान गरिने बताए । गत वर्ष नै विमानस्थल कालोपत्रका निम्ति सांसद प्रेमबहादुर आलेमगरसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका इ बालकृष्ण रेग्मीको एक टोली अनुगमन र नक्साङ्कनका निम्ति दिपायल पुगेको थियो । उक्त विमानस्थल निर्माण गर्नका निम्ति करिब १० करोडको लागत लाग्ने महानिर्देशक गौतमले बताए ।
डोटी विमानस्थलका निम्ति रु दुई करोड ५० लाख रकम विनियोजित भइसकेको र बाँकी विनियोजित हुन लागेको रु सात करोड रकमका निम्ति अर्थ मन्त्रालयमा सिफारिस भई अन्तिम प्रक्रियामा रहेको गौतमले बताए  । डोटी विमानस्थललाई कालोपत्र गर्न गत वर्षकै प्रयासअनुरुप कामअगाडि बढिरहेको उनको भनाइ छ । करिब ४९० मि लम्बाइ भएको विमानस्थल १० वर्षदेखि गौचरनमा परिणत भएको थियो ।
सुुदूरपश्चिमको केन्द्रका रुपमा रहेको डोटी विमानस्थललाई सञ्चालन गर्न डोटेलीले यस क्षेत्रका पाँच सांसदलाई अनुरोधसमेत गरेका छन् । डोटीलाई सङ्घीय प्रदेशको राजधानी बनाउने विषयमा बहस चलिरहँदा यहाँको विमानस्थलजस्तो आवश्यक पूर्वाधार ओझेलमा पर्नु विडम्बना भएको दिपायलका हर्क बमले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share