आइतवार, असार १९, २०७९

डिफेण्डिङ च्याम्पियन स्पेनको संघर्षपूर्ण जित

३२ जेष्ठ २०७३, मंगलवार ०७:०६

Spainकाठमाडौं । डिफेण्डिङ च्याम्पियन स्पेनले युरो कप फुटबलको पहिलो खेलमा चेक रिपब्लिकमाथि संघर्षपूर्ण जित हात पारेको छ । उपाधिमा हृयाट्रिक गर्ने लक्ष्यसहित फ्रान्स पुगेको स्पेनले सोमबार चेक रिपब्लिकमाथि १-० गोफ अन्तरको जित हात पारेको हो ।
सुरुदेखि नै बल पोजिसनमा हावी भएको स्पेन चेक रिपब्लिकको डिफेन्स लाइनलाई तोड्न सकिरहेको थिएन । उसका गोल गर्ने केही प्रयासलाई गोलकिपर पिटर चेकले असफल पारे ।
माराटा, जोर्डी अल्बा र डेभिड सिल्भाले मौका पाए पनि गोल गर्न सकेनन् । तर, खेल बराबरीतर्फ उन्मुख भएको बेला जेरार्ड पिकेले गोल गरे । आन्द्रे इनिष्टाको पासमा उनले हेड गोल गरेका हुन् । खेलको अन्तिममा चेक रिपब्लिकका यारोस्लाभको प्रहार स्पेनका गोलरक्षक डेभिड डी जियाले उत्कृष्ट बचाउ गर्दै जित दिलाए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share