शनिबार, माघ ८, २०७८

‘डा केसीका माग लोकतान्त्रिक ढङ्गबाट सम्बोधन गरियोस्’ – शान्ति समाज

२७ असार २०७३, सोमबार १५:१२

काठमाडौँ, २७ असार । मानवअधिकार तथा शान्ति समाजले आइतबारदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीका मागलाई लोकतान्त्रिक र विधि सम्मत ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

“सत्याग्रही डा केसीले आमरण अनशन प्रारम्भ गर्ने घोषणा गरेपछि उनले अघि सारेका मागका सन्दर्भमा समाजमा बहस हुनु र पक्ष÷विपक्षमा विचारहरू प्रवाहित हुनु स्वाभाविक हो, तर उहाँका मागलाई सम्बोधन गर्नुपर्छ”–समाजका महासचिव उत्तम पुडासैनीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षामा सुधारको चारबँुदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीले आइतबारदेखि पुनः आठौँपटक अनशन सुरु गरेका हुन ।

डा केसीका मागप्रति सहमत÷असहमत दुवै पक्षले मर्यादाको सीमा नाघेर अप्रिय र अस्वस्थ्य आरोप, प्रत्यारोप लगाउन नहुने समाजको भनाइ छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share