मङ्लबार, असार २१, २०७९

ठिनीमा भ्युटावर निर्माण

१८ कार्तिक २०७३, बिहीबार १४:३२

मुस्ताङ, १८ कात्तिक । मुस्ताङको जोमसोम–३ ठिनीमा भ्युटावर निर्माण गरिएको छ ।

विभिन्न उद्देश्य राखेर मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाईं लम्ब्याउने उद्देश्यले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँ संरक्षण व्यवस्थापन समिति जोमसोमसँग सहकार्य गरेर रु १३ लाखको लागतमा भ्युटावर निर्माण गरेको हो ।

भ्युटावरबाट लोमान्थाङ र कोरला नाकासहित मुस्ताङको ९० प्रतिशत भूभाग अवलोकन गर्न सकिन्छ । सन् २०१२ मा निर्माण सुरु भएको भ्युटावर संरक्षण समिति र एक्यापबीच समन्वय नहुँदा अलपत्र बनेको थियो । पछिल्लो वर्ष एक्यापले पर्याप्त मात्रामा बजेट विनियोजन गरेपछि भ्युटावर निर्माणले पूर्णता पाएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष नारायण थकालीले जानकारी दिए ।

“ढिलै भए पनि भ्युटावर निर्माण भएको छ, यसले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ”, उनले भने । समुद्री सतहदेखि तीन हजार ७५० मिटरको उचाइमा निर्माण गरिएको भ्युटावरले दृष्यावलोकनका लागि आउने पर्यटकलाई बढी फाइदा पुग्ने देखिएको छ ।

जोमसोमदेखि आधा घन्टाको दूरीमा पर्ने भ्युटावरबाट निलगिरि, धौलागिरि मेसोकान्तो हिमाल, तिलीचो पिक, जोमसोम, मार्फा, स्याङ, कागबेनी, मुक्तिनाथका साथै लोमान्थाङ क्षेत्रको मनमोहक दृष्य समेत अवलोकन गर्न सकिनेछ ।

भ्युटावरलाई लक्षित गरी एक्यापले बाह्य पर्यटकलाई विशेष प्याकेज बनाउन लागिएको एक्याप जोमसोमका प्रमुख निरु थापाले बताए।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share