बुधबार, मंसिर २२, २०७८

ट्राफिक कार्यालय स्थापना

२५ जेष्ठ २०७३, मंगलवार ११:२०

मुगु, २५ जेठ ।

मुगु जिल्ला केन्द्रीय सडक सञ्जालमा जोडिएको तीन वर्षपछि सदरमुकाम गमगढीमा पहिलो चोटि ट्राफिक कार्यालय स्थापना भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा जिल्लास्थित सञ्चारकर्मी यातायात व्यवसायीको उपस्थितिमा जिल्लामा आधिकारिक रुपमा ट्राफिक कार्यालय स्थापना भएको हो ।

तत्काल मुगुमा यातायातको बाक्लो चाप नभएको र गाडी पुगेको धेरै समय नभएकाले स्थानीयवासी, सवारीधनी तथा चालकलाई ट्राफिक नियम समयमा नै बुझाउन सकेमा भविष्यमा ट्राफिक नियम उलङ्घनका घटना तथा दुर्घटनामा कमी आई मानवीय तथा अन्य क्षतिमा कमी आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोगबहादुर जिसीले बताउनुभयो । कार्यक्रममा ट्राफिक हवल्दार मोहनराम परिवारले ट्राफिक नियम, चिह्न, जरिवानाबारे जानकारी गराउनुभएको थियो ।

नेपालकै ठूलो ताल राराताल मुगुमा रहेकाले पछिल्ला दिनमा दिनहुँ हेर्न आन्तरिक तथा बाह्य पर्यटक सवारीसाधन सहित आउने क्रम बढेकाले पनि ट्राफिक कार्यालयको आवश्यकता महसुस हँुदै आएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share