सोमवार, असार १३, २०७९

ट्रक र बस जुध्दा ३८ घाइते

२ असार २०७३, बिहीबार ११:१७

कावासोती, २ असार ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहर–६ झरही खोला पुलमा गए राति बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ४९२२ नंको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ८६१३ नंको ट्रक जुधेका थिए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । घाइते सात जनाको चितवन मेडिकल कलेज भरतपुर र अन्य ३१ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण सो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । ठक्कर दिने ट्रक र त्यसका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने २४ वर्षीय राजेश चौधरी प्रहरी नियन्त्रणमा छन् । बस चालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share