सोमवार, मंसिर २०, २०७८

ट्रकमा पेट्रोल बम, चालक र सहचालक गम्भीर घाइते

२७ जेष्ठ २०७३, बिहीबार ११:०२

रौतहट, २७ जेठ ।

रौतहटको चाँदीखोला र पौराहीबीचको जंगलमा आज बिहान ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट चालक र सहचालक गम्भीर घाइते भएका छन् ।

ना ६ ख ४६१५ नम्बरको ट्रकमा अज्ञात समूहले बम प्रहार गरेको हो । बम प्रहारबाट सहचालक १९ वर्षीय बसन्त मगर गम्भीर घाइते भएका छन् । उनको मुहार र हात जलेको छ । चालक बलराम भण्डारीको हात र कपाल जलेको छ । दुवैको रौतहटस्थित चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share