आइतवार, असार १९, २०७९

टौखेल घटनाका दोषीलाई कारबाही माग

२१ असार २०७३, मंगलवार १२:५५

काठमाडौँ, २१ असार । शिक्षा क्षेत्रका विभिन्न २८६ गैरसरकारी सङ्घसंस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) नेपालले टौखेलस्थित पुष्पाञ्जली माविमा भएको घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेको छ ।

संस्थाले आज विज्ञप्ति जारी गर्दै यही असार १७ गते ललितपुरस्थित टौखेलमा भएको उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको हो ।

भूकम्पपछि सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी घरघडेरी प्लटिङका नाममा विद्यालय नजिकै पर्खाल बनाइनु लापर्बाहीको गम्भीर नमुना भएको एनसिइका अध्यक्ष राजकुमार गन्धर्वले बताए । उनले पीडितलाई उचित क्षतिपूर्तिको माग समेत गरे ।

उक्त घटनामा परी दुई छात्रा कृपा राई र अन्जना पुनको निधन भएको थियो । संस्थाले घटनामा परी घाइते भएका विद्यार्थीको स्वास्थ्यलाभको कामना गरेको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share