शनिबार, मंसिर १८, २०७८

टेनिस टोली बैंकक प्रस्थान

२३ जेष्ठ २०७३, आईतवार १६:२१

काठमाडौं, जेठ २३ गते ।
आईटीएफ/एटीएफ डेभलोप्मेन्ट क्याम्पमा सहभागी हुन ८ खेलाडीसहित ९ सदस्यीय नेपाली लनटेनिस टोली आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।1 (1)
जुन ५ देखि १८ तारिखसम्म सञ्चालन हुने क्याम्पको पुरुषमा संरक्षकभूषण वज्राचार्य, प्रणव खनाल, अभिनव आचार्य र सौरभराज पाण्डेले भाग लिने छन् । महिलमा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा, खुशी पाण्डे र प्रेरणा कोइराला सहभागी हुने छन् । प्रशिक्षकमा सन्तोष खत्री छन् ।
क्याम्पपछि बैंककमै हुने आईटीएफ यु–१८ विश्व जुनियर र्‍याकिङ टेनिस प्रतियोगितामा पनि केहि खेलाडीले भाग लिने छन् । मायांका र माहिका तथा संरक्षकले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अखिल नेपाल लनटेनिस संघले जनाएको छ । प्रतियोगिता जुन २० देखि २५ तारिखसम्म हुने छ ।
टोलीलाई लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य ज्ञानेन्द्र खनालले एक कार्यक्रमबीच आइतबारै अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share